शशांकको सम्पर्क कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थ सेनाले निष्क्रिय पार्‍यो

नेपाल लाइभ

Nepal Live

फाइल तस्बिर


नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। 

नवलपरासी, बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी विस्फोटक पदार्थ राखिएको थियो। झ्यालटङडाँडास्थित नेपाली सेनाको टोलीले विस्फोटक निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए।

महामन्त्री कोइराला सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

सो विस्फोटक पदार्थ कसले र किन राखेको हो भन्नेबारे केही खुल्न सकेको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
 

पढ्नै पर्ने