\'रानी\'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्यूजिकल टिजरमा युवापुस्ताको प्रेमलाई देखाइएको छ । फिल्ममा पूर्व मिस नेपाल मलिना जोशी तथा दुई डेब्यू अभिनेता सारूक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको छ । फिल्ममा मलिनाका प्रेमी अनुप विक्रम शाहीको पनि मुख्य अभिनय रहेको छ।  

भानु महर्जन प्रस्तुतकर्ता रहेको  फिल्मलाई यम थापाले लेखेका हुन् । फिल्मका निर्देशक दयाराम दाहाल हुन् । पछिल्लो समय पुराना निर्देशकको फिल्म समयसापेक्ष नबनेको भन्ने आरोपको जवाफमा आफूले 'रानी'बाट त्यो आरोप गलत सावित गर्ने उनले बताए। 

'मैले अघिल्ला फिल्मको तुलनामा यसमा आफुले नै आफुलाई अपडेट गरेको छु युवापुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँ अनुहारसंगै युवापुस्ताका अनुहारलाई कास्ट गरेको हु फिल्ममा सुक्ष्म माया दर्शाउन खोजिएको युवापुस्ताले जसरि मायालाई लिईरहेको छन् , त्यसलाई पनि देखाउने कोशिस छ नै साथै मायाको महत्व बुझाउने प्रयास पनि हो फिल्म रानी ', दाहालले भने।

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार