एक साता धकेलियो \'ऐश्वर्य\' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले आफ्नो पूर्वनिर्धारित रिलिज मितिमा हेरफेर गरेको छ । कार्तिक २ मा रिलिज हुने बताइएको फिल्मले आफ्नो रिलिज मितिलाई एक साताले पर धकेलेको छ । फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । निर्मानपक्षले वितरकहरूको सुझावमा रिलिज मिति परिवर्तन गरेको जनाएको छ।

सो मितिमा रेखा थापाको होमप्रोडक्सन 'रूद्रप्रिया'सँग थप दुई बिग बजेट बलिउड रिलिज हुनेभएपछि फिल्मले आफ्नो रिलिज मिति सारेको जनाइन्छ। सो मितिमा आमिर खानको 'सेक्रेट सुपरस्टार' तथा अजय देवगनको सुपरहिट एक्सन सिरिज 'गोलमाल ४' रिलिज हुँदैछन् । सो मितिमा दयाराम दाहाल निर्देशित 'रानी' पनि रिलिज हुने घोषणा गरिएको छ।

'ऐश्वर्य'मा रमेश उप्रेतीले डेब्यू अभिनेत्री दीपिका प्रसाईसँग जोडी बाँधेका छन् । यस्तै फिल्ममा केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुन जंग शाही, सुनिता ठाकुर लगायतको अभिनय रहेको छ।

हेरौँ गीत

 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार