पाटन औद्योगिक क्षेत्रमा आगलागी 

नेपाल लाइभ

Nepal Live

काठमाडौं- पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ। लगनखेल र सातदोबाटोको बीचमा रहेको औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ साढे ६ बजे आगो लागेको हो।

आगो निभाउने प्रयास भइरहेको छ। आगलागी कसरी भयो भन्नेबारे यकिन कारण खुल्न सकेको छैन। औद्योगिक क्षेत्रभित्रको प्लास्टिक उद्योगमा आगो लागेको बताइएको छ। 

ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेको छ। आगो नियन्त्रणका लागि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको छ। 
 

पढ्नै पर्ने