ad

मंसिर ६ मा एकै पटक तीन वर्षको क्रिटिक्स अवार्ड बाँड्दै फिक्सन

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ। आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ०७१ देखि ७३ सम्मको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको हो।

प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको नेपाल चलचित्र समीक्षक समाजले जानकारी दिएको छ । ३ वर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड दिन लागिएको हो।

जस अन्तर्गत ०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुंगा) र अभिनेत्री केकी अधिकारी (लभ सासा) ले पाउने घोषणा गरिएको छ।

त्यस्तै, ०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के खनाल (पशुपति प्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपति प्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री  रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन्।

०७१ सालका विजेताको नाम यसअघि नै घोषणा भइसकेको थियो। जसअनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पार्श्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका छन्।

नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले भने,‘नेपालमा निर्माण भइरहेका राम्रा कथा र संस्कृति बोकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

Nepal Live

काठमाडौँ- काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने

एक साता धकेलियो 'ऐश्वर्य' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले

'रानी'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर

'गोल्डेन ब्वाई' नाटकमा नम्रता

Nepal Live

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन्

सलमानका पिता भन्छन् - यस कारण चलेन सलमान र शाहरूखको फिल्म

Nepal Live

बलिउड वक्सअफिसका शक्ति केन्द्र मानिएका अभिनेताद्वय सलमान खान तथा शारूखानका

पढ्नै पर्ने