अनिल गुरुङको भावपूर्ण बिदाइ, भने– यस्तो दिन आउला भन्ने सोचेको थिइनँ [भिडियो]

नेपाल लाइभ

काठमाडौं– नेपाली फुटबल टिमका फरवार्ड अनिल गुरुङले नेपालका लागि ५०औं अन्तर्राष्ट्रिय खेल खेलेर मंगलबार संन्यास लिएका छन्। अनिलले एएफसी एसिया कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध अन्तिम १० मिनेट मैदान उत्रिएर संन्यास लिएका हुन्। 

उनी खेलको ८०औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका थिए। मैदान छिरे लगत्तै विराज महर्जनले अनिललाई कप्तानको ब्यान्ड हस्तान्तरण गरेका थिए। 

खेलपछि एन्फाले अनिललाई ताम्रपत्र दिएर ‌औपचारिक बिदाइ गरेको थियो। बिदाइपछि प्रतिक्रिया दिने क्रममा भावुक बनेका अनिलले फुटबल खेलेर चर्चित बन्छु भन्ने कहिल्यै नसोचेको बताए। उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लब फुटबलमा सक्रिए हुने बताए। 

अनिलले सन् २००७ को अक्टोबरमा ओमान विरुद्ध पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका थिए। राष्ट्रिय टिममा ‘डेब्यू’ गरेपछि अनिलले लगातार १० वर्ष नेपाली फुटबल टिमको अग्रपंक्ति सम्हाले। उनले १० वर्षमा ९ अन्तर्राष्ट्रिय गोल गरेका थिए। 

संन्यास लिने क्रममा अनिलको प्रतिक्रिया हेर्नुहोस् भिडियोमा:

पढ्नै पर्ने