ad

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान, पछिल्ला २ खेलका नतिजा यस्ता छन्

नेपाल लाइभ

Nepal Live

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह 'ए' मा उपविजेता बनेर अन्तिम चारमा पुगेको हो। 

नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले हराएको थियो। 

यो पनि : यू–१९ एसिया कप : नेपालको सानदार जित, मलेसिया ८ विकेटले पराजित 

बंगलादेश तीनै खेलमा जित निकालेर समूह विजेता बन्यो। यता साविक विजेता भारत भने नेपालभन्दा पछि पर्‍यो। भारत अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । समूह 'बी' बाट अफगानिस्तान समूह विजेता तथा पाकिस्तान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगे। 

अब नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग शुक्रबार किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगालदेशबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । 

नेपाल र अफगानिस्तानबीच पछिल्लो पटक गत जुलाइमा प्रतिस्पर्धा भएको थियो। आइसिसी यू–१९ विश्वकप छनोटमा भएका दुई प्रतिस्पर्धामा नेपालले दुवै खेलमा पराजय भोगेको थियो।

पहिलो खेलमा नेपाल १ सय ४१ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले १ सय ९१ रन जोडेको थियो । जवाफि ब्याटिङ गरेको नेपाल ४९ रनमा अलआउट हुँदा पवान सर्राफले मात्र दोहोरो अंकमा रन जोडेका थिए। उनले २६ रन जोडेका थिए। 

दोस्रो खेलमा नेपाल ९६ रनले पराजित भएको थियो। अफगानिस्तानले १ सय ९५ रन जोडेको थियो। जवाफि ब्याटिङ गरेको नेपाल ९९ रनमै अलआउट भयो। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने