कैलालीमा चरेशसहित चार जना पक्राउ

शेरबहादुर ऐर

Nepal Live

कैलाली– कैलाली प्रहरीले धनगढीबाट चरेशसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डेरामा लिएर बस्ने कविराम बोहरा, नरेन्द्र बोहरा, पुष्कर बोहरा, सुनिल बोहरा छन्। उनीहरुको साथबाट सात किलो आठ सय ग्राम चरेश बरामद भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। 

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरु बसेको डेरा खानतलासी गरेर चरेश बरामद गरेको हो। 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

पढ्नै पर्ने