अवैध लागुऔषधसहित काठमाडौंको ढल्कुबाट एक युवक पक्राउ

नेपाल लाइभ

काठमाडौं- लागुऔषधसहित काठमाडौं महानगरपालिका–१५ डल्लु घर बताउने २८ वर्षीय अर्जुन प्रजापती पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथमा रहेको फेनारगन ५३ एम्पुल, मेथिन ५३ एम्पुल र डाइजेपाम ५३ एम्पुल प्रहरीले बरामद गरेको छ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भक्तपुर उपमहानगरपालिका–१७ दुधपाटी बस्ने २५ वर्षीय अशोक थापा र सूर्यविनायकका २५ वर्षीय सुरज शाही पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाइजेपाम ५४ एम्पुल, फेनारगन ५५ एम्पुल र नुर्फिन ५२ एम्पुल बरामद गरेको छ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

पढ्नै पर्ने