शरद गौचन हत्यामा संलग्न मुख्य सुटरसहित पाँच जना सार्वजनिक

प्रवीण ढकाल

Nepal Live

काठमाडौं- निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनाको नाम महानगरीय प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीको आज दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुको नाम सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए। 

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो। 

घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले गुन्डा समिरमानसिंह लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो।
 

पढ्नै पर्ने