ad

पूर्वघोषित नायिकालाई बेलायतले भीसा नदिएपछि 'लिली बिली'मा प्रियंकालाई मौका

नेपाल लाइभ

Nepal Live

काठमाडौं- प्रदीप खड्का स्टारर 'लिली बिली'मा नायिका परिवर्तन गरिएको छ। फिल्ममा पूर्वघोषित नायिका रेविका गुरुङलाई बेलायती दूतावासले भीसा नदिएपछि निर्माण पक्ष नायिका परिवर्तन गर्न बाध्य भएको हो।

फिल्ममा रेविकाको ठाउँमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्। प्रियंकासँग बेलायतको भीसा भएकाले फिल्म उनको हातमा पर्न गएको हो। 

बेलायती दूतावासले रेविकाको भीसा आवेदन दोस्रो पटक अस्वीकार गरेपछि फिल्म युनिटले प्रियंकालाई प्रस्ताव गरेको थियो।

फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दै छन्। फिल्मबाट अर्की नायिका जसिता गुरूङले डेब्यू गर्दै छिन्। 

यसअघि फिल्म कात्तिक पहिलो साताबाट फ्लोरमा जाने बताइए पनि रेविकाको भीसा समस्याले सुटिङ सुरु हुन सकेको थिएन।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

Nepal Live

काठमाडौँ- काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने

एक साता धकेलियो 'ऐश्वर्य' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले

'रानी'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर

'गोल्डेन ब्वाई' नाटकमा नम्रता

Nepal Live

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन्

सलमानका पिता भन्छन् - यस कारण चलेन सलमान र शाहरूखको फिल्म

Nepal Live

बलिउड वक्सअफिसका शक्ति केन्द्र मानिएका अभिनेताद्वय सलमान खान तथा शारूखानका

पढ्नै पर्ने