ad

युएईमा नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञा, नेपालसँग सम्झौताको तयारी

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए। 'हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ,' उनले भने।

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ। गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ। 

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रिया लगायतका विषय समावेश हुनेछ। युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए।

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिनेछ। सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ। 

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दुबईमा दम्पतीको रहस्यमय मृत्यु

Nepal Live

दुबई- वैदेशिक रोजगारीको सिलसिलामा दुबई आएका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका

एनआरएनए स्विडेनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

Nepal Live

स्टकहोम— गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनमा नयाँ कार्यसमिति चयन

अमेरिकामा कलेजो प्रत्यारोपण गरिरहेका डा. रोशन

Nepal Live

डा. रोशन श्रेष्ठ हाल अमेरिकाको जर्जियास्थित पिडमन्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा लिभर ट्रान्सप्लान्टेसनका

युएई बन्न सक्छ नेपाली डाक्टरको गन्तव्य

Nepal Live

खाडी मुलुक संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपालीका लागि

यस्तो छ बेलायती स्वास्थ्य प्रणाली

Nepal Live

बेलायतमा हरेक व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षणमा जिपी (जनरल प्राक्टिस) डाक्टरसग

केही नेपाली निजी अस्पतालका कोठा जर्मनीको भन्दा पनि महंगो रहेछ

Nepal Live

जर्मनी र नेपालमा मुटुको उपचारमा के फरक पाउनुभयो ? उपचारको कुरा

पढ्नै पर्ने