ad

म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीको जोखिमपूर्ण यात्रा, डुंगा दुर्घटनामा ९ जनाको मृत्यु

नेपाल लाइभ

Nepal Live

कोक्स बजार, बङ्गलादेश- म्यानमारबाट क्षमताभन्दा बढी यात्रु बोकेर भाग्नेक्रममा रोहिङ्गा शरणार्थीहरु बारम्बार दुर्घटनाग्रस्त हुने गरेका छन्। पछिल्लो समयमा भएको डुंगा दुर्घटनामा ९ जनाको ज्यान गएको छ। 

शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।    खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्। 

गत अगस्तदेखि म्यानमारबाट लाखौँ शरणार्थीहरु डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आईपुगेका छन्। 'सानो डुङ्गामा ३३ जना चढेका थिए, खराब मौसम र समुद्रको उच्च तरङ्गका कारण सोमबार दुर्घटना भएको हो,' एक जना स्थानीय प्रहरी प्रमुखले भने। 

उनले भने ९ जनाको ज्यान गएको छ अरुको भने उद्धार गरिएको थियो। कोक्स बजार आउने क्रममा म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा नाफ नदी पर्दछ। सो नदी तर्ने क्रममा डुंगा दुर्घटना हुने गर्दछ। 

म्यानमारको राखिन राज्यबाट भाग्नेहरुको सङ्ख्या ६ लाखभन्दा बढी भएको छ। गत अगस्ट २५ देखि अहिलेसम्म नै सो क्षेत्रमा म्यान्माली रोहिंग्याहरु भागेर जाने गरेका छन्। 

उनीहरुमध्ये अधिकांश स्थलमार्ग हुँदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेको शिवीरहरुमा हिंसाका कारण बिरामी र घाइतेहरु धेरै रहेका छन्।     

गत अगस्तदेखि अहिलेसम्म समुद्री मार्गमा दुई सयभन्दा बढी डुङ्गा दुर्घटना भएको छ। यसमा परी सयभन्दा बढी शरणार्थीको मृत्यु भएको छ। 

संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगस्टदेखि अहिलेसम्म ६ लाख १३ हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आइपुगेका छन्।रासस/एएफपी
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ब्राजिलमा यस बर्ष एक सय प्रहरीको मृत्यु

Nepal Live

रियो डी जानेरो– ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय

अफगानिस्तानको अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु

Nepal Live

काबुल- अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती

पैसा टिप्ने प्रतियोगिता

Nepal Live

काठमाडौं/एजेन्सी- चीनको झेजियाङ प्रान्तमा प्रत्येक वर्ष नोट टिप्ने प्रतियोगिता आयोजना हुने गरेको

पढ्नै पर्ने