'नो इन्ट्री'को सिक्वलमा सलमानको साटो अक्षयको इन्ट्री

नेपाल लाइभ

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)- लामो समयदेखि चर्चामा रहेको 'नो इन्ट्री' फिल्मको सिक्वल अन्तत: फ्लोरमा जाने भएको छ।

सन् २००५ को सुपरहिट कमेडी फिल्मको सिक्वलमा पनि सलमान खान नै देखिने चर्चा रहे पनि उनको साटो अक्षय कुमारले अभिनय गर्ने भएका छन्।

निर्देशकले फिल्मका लागि लामो समयदेखि सलमानलाई कुरे पनि समय नपाएपछि अक्षयलाई फिल्ममा लिने निर्णय गरेका छन्। 'नो इन्ट्री'मा सलमानका साथै अनिल कपुर, फरदिन खानले अभिनय गरेका थिए।

फिल्ममा अक्षयलाई लिने निर्णय गरिए पनि अक्षयले भने फिल्मका लागि प्रतिबद्धता जनाउन बाँकी नै रहेको बताइन्छ।  

सिक्वलको नाम 'नो इन्ट्री मे इन्ट्री' हुने भारतीय मिडियाहरुले जनाएका छन्।

पढ्नै पर्ने