प्रभासले दिए अनुष्कालाई जन्मदिनमा यस्तो महँगो उपहार

नेपाल लाइभ

Nepal Live

एजेन्सी- 'बाहुबली' फिल्ममा अभिनेता प्रभास र अभिनेत्री अनुष्का शेट्टीको केमेस्ट्रीलाई दर्शकले निकै रूचाए। यससँगै उनीहरूबीचको अफेयर र विवाहको हल्लाले पनि बजार खुबै पिट्यो। हल्लाको खण्डन गर्दै उनीहरूले आफूहरू राम्रो साथी मात्र भएको प्रतिक्रिया दिए।

यसै क्रममा उनीहरूबारे नयाँ खबर सार्वजनिक भएको छ। प्रभासले अनुष्कालाई जन्मदिनमा महँगो उपहार दिएका छन्। प्रभासले अनुष्कालाई बिएमडब्लु कार उपहार दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसअघि पनि प्रभासले अनुष्कालाई एउटा महँगो डिजाइनर घडी उपहार दिएका थिए। 

हाल प्रभास 'साहो' फिल्मको सुटिङमा व्यस्त छन् भने अनुष्का 'भागमती'को रिलिजको पर्खाइमा छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, अनुष्का प्रभासको सल्लाहबिना कुनै पनि काम गर्दिनन्। हालै अनुष्काले प्रभासको सल्लाहमा बलिउड निर्माता एवम निर्देशक करण जौहरको फिल्म नखेलेको बताइन्छ। 

केही समयअघि करणले प्रभासलाई पनि बलिउड फिल्मको अफर गरेका थिए। तर, उनले २० करोड भारू पारिश्रमिक मागेपछि करणले उनलाई फिल्ममा लिने योजना  स्थगित गरेका थिए। 

पढ्नै पर्ने