ad

यू–१९ एसिया कप : नेपालको सानदार जित, मलेसिया ८ विकेटले पराजित 

नेपाल लाइभ

Nepal Live

काठमाडौं–  एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सानदार जित हात पारेको छ। नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। 

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ५ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनिङमा आएका अनिलकुमार साहले नटआउट २६ रन जोडे। उनले १५ बलमा १ चौका र ३ छक्का हिर्काए। भीम सार्कीले नटआउट ३ रन जोडे।

कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा १२ रन जोडेर आउट भए। उनले २ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर आसिफ शेख ४ रनमा आउट भए।

त्यसअघि मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम ‌१५ दशमलब ३ ओभरमा ४५ रनमा अलआउट भयो।

मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पारे। अनिलकुमार साहले १ विकेट लिए।  

नेपालले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो।

सुरुवाती ५ ओभरमा मलेसियाले राम्रो ब्याटिङ गरे पनि नेपालले छैटौं ओभरमा पहिलो सफलता हात पार्योे। अनिलकुमार साहले छैटौं ओभरमा मलेसियाका कप्तान विरनदीप जगजित सिंहलाई १० रनमा आउट गरे।

सातौं, ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। ऐरीले २० रन बनाएर खेलिरहेका सइद मुबारकालाई किशोर महतोबाट क्याच गराए भने सौभिन्दर सिंहलाई शून्य रनमा आउट गरे। आठौं ओभरमा सन्दीप लामिछानेले मोहम्मद हफिजलाई एलबिडब्लुको धरापमा पारे। त्यसपछि साहब अलामले लगातार २ विकेट लिएका थिए भने एक विकेट सन्दीपले हात पारे। 

मलेसियाका लागि ओपनरद्वय सइदले २० र विरनदीपले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

समूह 'ए'कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजितापछि नेपालको सेमिफाइनल यात्रा तय हुनेछ। बंगलादेश विजयी भए नेपाल सिधै सेमिफाइनल पुग्नेछ। भारत विजयी भएमा रनरेटका आधरमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने