ad

यू–१९ एसिया कप : कप्तान दीपेन्द्र र सन्दीपले लिए २–२ विकेट 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको छ। मलेसियाको बायुमास ओभलमा सुरु भएको खेलमा नेपालले टस जितर बलिङ गरिरहेको छ। 

मलेसियाले ५ विकेट गुमाइसकेको छ। नेपालका अनिलकुमार  साहले  छैटौं ओभरमा मलेसियाका कप्तान विरनदिप जगजित सिंह १० रनमा आउट गरे। लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा २ विकेट लिए। उनले २० रन बनाए खेलिरहेका सइद मुबारकालाई किशोर महतोबाट क्याच गराए भने सौभिन्दर सिंहलाई शून्य रनमा आउट गरे। आठौं ओभरमा सन्दीप लामिछानेले मोहम्मद हफिजलाई डलबिडब्लुको धरापमा पारे। सन्दीपले मोहम्मद अफिफलाई पनि डलबिडब्लुकै धरापमा पारे। 

मलेसियाले १० ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको छ। 

समूह 'ए' कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलोगरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ। 

मलेसिया विरुद्ध नेपाल टिम:  
मोहम्मद आसिफ शेख, जितेन्द्र सिंह, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, भीम सार्की, प्रनित थापामगर, कमल सिंह ऐरी, किशोर महतो, सन्दिप लामिछाने, शाहब आलम।

लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस् । 

समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार बेहोरेका छन्। दुवै टिमको २–२ अंक छ।

बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ। 

बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। किनकि भारत र नेपाल विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुने २ टिम अन्तिम चारमा पुग्नेछन्।

समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको थियो। अन्तिम ओभरमा १० रन रोक्न नसक्दा नेपाललाई बंगलादेशले पराजित गरेको थियो। नेपालको तुलनामा मलेसिया कमजोर देखिएको छ। पहिलो खेलमा भारतसँग २ सय २ रनले पराजित मलेसिया सोमबार भएको दोस्रो खेलमा बंगलादेशसँग २ सय ६२ रनको फराकिलो अन्तरले हारेको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने