चित्रबहादुर केसी भन्छन्: वामपन्थी मिल्दा कांग्रेसमा भुइँचालो किन?

नेपाल लाइभ

Nepal Live

जितपुर, कपिलवस्तु- पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली कांग्रेसमा आएको टिप्पणी गरेका छन्।

चन्द्रौटामा पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले कांग्रेसले भ्रमको खेती गरेको आरोप लगाए।

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै कांग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे।

सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराए।

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला? भनेर प्रश्न गरेको उल्लेख गरे।

आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठिक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उनले बताए।

संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहोर्‍याए।रासस
 

पढ्नै पर्ने