ad

एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार, सुरक्षा गार्ड घाइते

नेपाल लाइभ

Nepal Live

काठमाडौं- एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको छ।

भोजपुरको पिखुवा खोला नजिक उनी चढेको बा १५ ज ५६०८ नम्बरको गाडीमाथि अचानक बम प्रहार भएको हो। सो विस्फोटमा परी राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटा घाइते भएका छन्। उनको हातमा चोट लागेको छ। गाडीको अगाडिको सिसामा बढी क्षति पुगेको छ।

पूर्व सूचना तथा सञ्चारमन्त्री राई एमालेबाट भोजपुरको प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। चुनावी प्रचारका क्रममा रहेका उनीमाथि अज्ञात समूहले बम प्रहार गरेको हो। राई भने सकुशल छन्। जिल्ला प्रहरी कार्यालयको टोली हाल घटनास्थलतर्फ लागिसकेको छ।

यसअघि माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुनमाथि पनि  बम आक्रमण गरिएको थियो।

तस्बिर: मेगराज खड्काको फेसबुकबाट
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

Nepal Live

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी– पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा

बैतडी: चितुवा मार्न प्रहरी परिचालन

Nepal Live

बैतडी– बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौंमै

Nepal Live

डोल्पा (दुनै) - डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल

नेसनल मेडिकल कलेजद्वारा आमा सुरक्षा कार्यक्रममा अनियमितता

Nepal Live

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत ५ वर्षदेखि

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Nepal Live

धनगढी– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं

पढ्नै पर्ने