चार डिआइजी एआइजीमा सिफारिस

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजी बढुवाका लागि सिफारीस गरिएको हो। 

सोमबार बेलुका बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। समितिले बढुवा सिफारिसउपर चित्त नबुझे एक साताभित्र उजुरी गर्न सूचना जारी गरेको छ। 

नेपाल प्रहरीमा एआइजीका दुई दरबन्दी रिक्त थियो। गत भदौमा सरकारले दुई एआइजीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो। तर बढुवा हुन सकेको थिएन। एआइजीका आकांक्षी धेरै भएपछि बढुवा प्रक्रियामा ढिलाइ भएको थियो।

सबैलाई भागबण्डा पुर्याउन सरकारले फेरि दुई एआइजीको दरबन्दी थपेको हो। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने निर्णय गरेको थियो। जसअनुसार आकांक्षी चारै जनालाई बढुवा सिफारिस गरिएको हो। एआइजी बढुवा सिफारिसमा परेका चारै जना प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै ब्याची हुन्। 

सिफारिसमा परेका डिआइजीहरुको प्राप्तांक-


 

पढ्नै पर्ने