भोट माग्न हिँडेका राप्रपा कार्यकर्ताको भीरबाट लडेर मृत्यु

नेपाल लाइभ

खोटाङ- नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भीरबाट लडेर मृत्यु भएको छ। 

मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भीरबाट लडेर मृत्यु भएको हो। 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार कांग्रेसको टोलीसँग गाउँमा भोट माग्न गएका थिए। गाउँमा भोट मागेर राति घर फर्किएका उनको साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन्। 

घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला परेका थिए।
मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।रासस
 

पढ्नै पर्ने