अलग अभियानमा सुनिए कवि चन्द्र रानाहँछा र गायक मिलन सिं 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– अलग अभियानले मासिक कार्यक्रम अन्तर्गत कात्तिक महिनाको शृंखलामा कवि चन्द्र रानाहँछा र गायक तथा संगीतकार मिलन सिंलाई निम्त्याएको छ।

कवि चन्द्रले ‘आमाको सम्झना’, ‘आपाको सालिक’, ‘अपूर्णताको अन्त्यपछि’, ‘हुरी चल्नासाथ’ र ‘आँधीको यात्रा’ कविता सुनाए। उनले अलग अभियान साहित्य र संगीतको संगम भएकाले नाम जस्तै अलग पहिचान बोकेको बताए।

गायक सिंले ‘म हुँ तिम्रो पूजारी’, ‘मायालु भन्दै’, ‘माया तिमीलाई’, ‘भनिदेऊ आज’ बोलका गीत सुनाए। उनले अहिलेका कलाकारहरुलाई धेरै अवसर भएको तर अनुशासनमा ध्यान दिनुपर्ने बताए।

अतिथिहरुका साथै कार्यक्रममा रामगोपाल आशुतोष, अविनाश भट्टराई, सुनिता गिरी, उत्तम लिम्बू लगायतले कविता वाचन गरेका थिए। यस्तै, आभा मुकारुङ, रेवत राई, अञ्जना चाम्लिङ, सुरस्मा लामिछाने लगायतले गीत सुनाए।

गायक–गायिकालाई मण्डल साम्पाङ, यमकुमार समाल र नाकिमा नाकिमले वाद्यवादनमा साथ दिएका थिए।

पढ्नै पर्ने