ad

जुम्लामा एनआइसी एसिया बैंकको शाखा खुल्यो

नेपाल लाइभ

Nepal Live

जुम्ला- एनआइसी एसिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ। आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो। 

जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे। बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाए।

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एसिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालिबहादुर रोकायाले बताए।

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एसिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ। नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

Nepal Live

सुर्खेत, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश

महाकालीमा चारलेनको पुल निर्माणकोे तयारी

Nepal Live

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ : घिसिङ

Nepal Live

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान

बाढीले अवरुद्ध जिप सफारी पुनः सञ्चालनमा

Nepal Live

रत्ननगर (चितवन)- पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध

काभ्रेमा कृषि उपजको औसत मूल्य घटदै

Nepal Live

बनेपा- काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको

बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

Nepal Live

चितवन- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी

पढ्नै पर्ने