ad

अतिदुर्गम ४ जिल्लामा टेलिकमको दूरसञ्चार सेवा

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- आगामी १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले अति दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ। 

टेलिकमले दार्चुला, जुम्ला, कालीकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको हो। कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले केही हप्ताअघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपी हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका, कालीकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन्।

उल्लिखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ। नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ।

 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने