ad

उत्कृष्ट वर्ष पुस्तकलार्इ 'विमल स्मृति पुरस्कार' दिइने

नेपाल लाइभ

Nepal Live

धरान- प्रत्येक वर्ष देशभरबाट प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलार्इ विमल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।

कवि विमल गुरुङ स्मृति पुस्तकालय सञ्चालन समितिको आजको बैठकले उत्कृष्ट पुस्तकलार्इ रु ५१ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि आफ्नो पुस्तक पुस्तकालयमा दर्ता गर्न पनि अनुरोध गरिएको सञ्चालक समितिका सचिव चेवन रार्इले बताए। 

धरानमा अध्ययन गर्ने बानीको विकास गर्ने उदेश्यले पूर्णबहादुर गुरुङले छोरा स्वर्गीय विमल गुरुङको नाममा २६ वर्षअघि पुस्तकालय स्थापना गरेका हुन्। साहित्यमा रुचि भएका विमलले थुप्रै कविता लेखेका थिए। उनको १९ वर्षको उमेरमा सडक दुर्घटनामा परी निधन भएको थियो। 

विमलको स्मृतिमा प्रत्येक बैसाख २४ गते पुरस्कार प्रदान गरिने राईले जानकारी दिए।

धरान उपमहानगरपालिकामा रहेको पुस्तकालयले विमलको जन्मदिनको अवसर पारेर कात्तिक १९ गते कविता महोत्सव पनि गर्दै आएको छ। 

पूर्व बेलायती गोर्खा सैनिक पुर्णबहादुरले आफूले कमाएको सम्पूर्ण रकम पुस्तकालय निर्माणमा खर्च गरेका छन्। पुस्तकालयलार्इ आधुनिक बनाउन ४० लाख रुपैयाँभन्दा बढीको लगानीमा नयाँ भवन निर्माण भइरहेको छ।
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


'सगरमाथाको गहिराइ'लाई पद्मश्री, घिमिरे र शर्मालाई साधना सम्मान

Nepal Live

काठमाडौं- कवितासंग्रह 'सगरमाथाको गहिराइ'का लागि पद्मश्री पुरस्कार प्रदान गरिने भएको

कथा: झुट

Nepal Live

कोटेश्वर जाने गाडीको अन्तिम सिटमा छु । छेउमा एक जवान

कविता: एक युवतीको प्राप्ति

Nepal Live

सँगसँगै फेला परेका छन्  नयाँ पुस्तक र नयाँ प्रेमी  म दुवैसँग अनुरक्त

विश्वसाहित्य: बीस वर्षपछि (कविता)

Nepal Live

बीस वर्षपछि मेरो अनुहारमा त्यो आँखा फर्केर आएको छ  जसबाट मैले पहिलो

कथा: मूल्य, मान्यता र एकमुठी हरियो घाँस

Nepal Live

टन्टलापुरे घाम छ। मेघदूतहरु आकाशको कुनै कुनामा कतै पनि छैनन् ।

कविता: राहदानीवालाको बकपत्र

Nepal Live

परदेश हिँड्ने बेलामा परदेशको बजारमा बेचिन मैले आफैंलाई काटेर कति टुक्रा बनाउनुपर्छ भनेर

पढ्नै पर्ने