ad

मनु ब्राजाकीलाई ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गरिने भएको छ । 

त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा डा प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने भएको छ। 

प्रतिष्ठानका संस्थापक सदस्य रहेर महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिष्ठानका सदस्य वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय भएको सो प्रतिष्ठानले जनाएको छ । 

ती पुरस्कार स्वाँरको जन्मजयन्तीका अवसरमा मंसिर ६ गते प्रदान गरिँदै आएकामा यस वर्ष केही समयपछि विशेष समारोहको आयोजना गरी प्रदान गर्ने निर्णय भएको पनि सो प्रतिष्ठानले जनाएको छ । 

‘पहलमान सिंह स्वाँर दीर्घसाहित्य साधक पुरस्कार’ को राशि रु २५ हजार, ताम्रपत्र र दोसल्ला, ‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला, ‘तारामान सिंह अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला तथा ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ।रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


'सगरमाथाको गहिराइ'लाई पद्मश्री, घिमिरे र शर्मालाई साधना सम्मान

Nepal Live

काठमाडौं- कवितासंग्रह 'सगरमाथाको गहिराइ'का लागि पद्मश्री पुरस्कार प्रदान गरिने भएको

कथा: झुट

Nepal Live

कोटेश्वर जाने गाडीको अन्तिम सिटमा छु । छेउमा एक जवान

कविता: एक युवतीको प्राप्ति

Nepal Live

सँगसँगै फेला परेका छन्  नयाँ पुस्तक र नयाँ प्रेमी  म दुवैसँग अनुरक्त

विश्वसाहित्य: बीस वर्षपछि (कविता)

Nepal Live

बीस वर्षपछि मेरो अनुहारमा त्यो आँखा फर्केर आएको छ  जसबाट मैले पहिलो

कथा: मूल्य, मान्यता र एकमुठी हरियो घाँस

Nepal Live

टन्टलापुरे घाम छ। मेघदूतहरु आकाशको कुनै कुनामा कतै पनि छैनन् ।

कविता: राहदानीवालाको बकपत्र

Nepal Live

परदेश हिँड्ने बेलामा परदेशको बजारमा बेचिन मैले आफैंलाई काटेर कति टुक्रा बनाउनुपर्छ भनेर

पढ्नै पर्ने