यस्तो बन्यो 'राज्जा रानी'को गीत, पुस २१ मा रिलिज

नेपाल लाइभ

Nepal Live

यम थापाको निर्देशकिय डेब्यू 'राज्जा रानी'ले आफ्नो पूर्व निर्धारित रिलिज मितिमा हेरफेर गर्दै फिल्मको पहिलो गीत रिलिज गरेको छ।

केकी अधिकारी तथा नाजिर हुसौनको मूख्य भूमिका रहेको फिल्मको 'चिपक चिपक' बोलको गीत रिलिज गरिएको हो। गीतमा नेपाली तथा अवधि शव्दहरूको प्रयोग गरिएको छ। राजेन्द्र थापाको शब्द  रहेको गीतमा दीपक शर्माको संगीत छ।

यस्तै गीतमा नहरी प्रेमी र सुमिना लोको युगल स्वर रहेको छ। गीतको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन्। गीतमा फरक शैलीको कोरियोग्राफी देख्न सकिन्छ। फिल्म पुस २१ गते रिलिज हुनेछ। फिल्मलाई रमेश एम के पौडेलले निर्माण गरेका हुन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने