भक्तपुरमा ढुंगाले हानेर ट्याक्सी चालकको हत्या

नेपाल लाइभ

काठमाडौं– मंगलबार राति भक्तपुरमा ट्याक्सी चालकको हत्या भएको छ । मनोहरा खोलाको छेउमा ट्याक्सी चालक सर्लाही घर भएका यज्ञबहादुर खड्काको हत्या भएको हो।

बा १ ज १०४० नम्बरको आफ्नै ट्याक्सीभित्रै उनी मृत अवस्थामा भेटिएका छन्।  

ट्याक्सीको पछिल्लो सिटमा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसीले बताए। प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। टाउको लगायत शरीरका विभिन्न भागमा घाउ रहेको र ट्याक्सीभित्र ढुंगाहरु भेटिएको छ।

हत्यापछि कसैले खोला छेउमा लगेर ट्याक्सी राखेको प्रहरी अनुमान छ। जग्गा प्लटिङ भएको क्षेत्रमा ट्याक्सी भेटिएको थियो। 
 

पढ्नै पर्ने