ad

मलेसियामा २८ वर्षीय नेपाली युवकको मृत्यु

SHARES
Nepal Live

इलाम- फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ वर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ। 

मलेसियास्थित जोहोर बारु बातुपहाड सहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो। 

उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिए। लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल सुरू गरेको घिमिरेले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार