ad

एक डाक्टर, जसले मलेसियाको कायापलट गरे

डा प्रकाश बन्जाडे

Nepal Live

देशको कार्यकारी प्रमुखमा पुग्ने चिकित्सक केही भएपनि सफल ‘डाक्टर  नेता’का रुपमा मलेसियाका डा. महाथिर मोहम्मदलाई कसैले माथ गर्न सक्दैन । सन् १९२५ जुलाई १० मा मलेसियाको एलोर स्टार खेडामा जन्मेका डाक्टर मोहम्मदले गरिबी,  अव्यवस्था र अन्योलले आक्रान्त मलेसियालाई अहिलेको अवस्थामा पुर्याए । बुझ्न सजिलोका लागि तुलना गर्ने हो भने उनले शासन गर्नुअघिको मलेसिया अहिलेको नेपाल भन्दा गरिब थियो । अव्यवस्थित थियो र भ्रष्टाचारले आक्रान्त थियो ।   हाल ९१ वर्षका डा मोहम्मदले कसरी त्यो मलेसियालाई यो मलेसिया बनाए ? किन चिकित्सा छाडेर राजनीतिमा आए ?
यदि मनैदेखि परिवर्तन चाहने हो भने अरुप्रति गुनासो गर्ने होइन, आफैं अघि सर्नुपर्छ भन्ने उनको प्रयासले दर्शाउँछ ।

बाल्यकाल
सामान्य परिवारमा जन्मिएका महाथिर मोहम्मदका बुबा स्कुलका शिक्षक थिए । उनका बुवाले तीनटा विवाह गरेका थिए । उनी परिवारका जेठा छोरा थिए । बाल्यकालमा राम्रोसँग खान पुग्ने अवस्था थिएन । ठूलो परिवार भएकाले अनेकन अस्तव्यस्तता थियो । उनी बढ्दै गएपछि उनी बसेको स्थान मलेसियाको खेडामा पहिलो सरकारी स्कुल खुल्यो । उनले त्यहीँ स्कुल पढ्न शुरु गरे ।

उनका बुवा भारतको केरलाबाट मलेसिया बसाइँसराई गरेका थिए । उनका बुवा छोराले पढ्ने मात्र काम गरोस् भन्ने चाहन्थे । उनले स्कुल अनि घरमा छोरालाई कोठाबाट बाहिर निस्कन दिँदैनथे । तर, उनकी आमाले बाहिरी कुरा बुझ्नु जरुरी भएको बताउँथिन् ।

सानोमा उनी निकै कम बोल्थे तर हरेक कामले अरुको नजरमा पर्दथे । महाथिर स्कुल पढ्दा पनि अरु भन्दा छुट्टै स्वभावका थिए । फुर्सदको समयमा उनी स्कुलको पुस्तकालमा गएर कथाका कितावहरु, म्यागजिन, पत्रपत्रिका, इतिहासका किताबहरु पढ्थे । उनी स्कुलका विभिन्न कार्यक्रममा भाग लिन रुची दखाउँथे । उनी भन्छन् ‘प्रथम विश्वयुद्धको बारेमा पढेपछि मानिसको मृत्यु, दुःख, समस्याहरु थाहा पाएँ । त्यसबाट निकै प्रभावित  भएँ ।’

सन् १९४० मा मलेसियनहरुको दुःख अनि समस्याको बारेमा एउटा कार्यक्रम भयो । जुन सुनेर उनी अचम्मित भए । उनले आफ्नो देशको अवस्थाको यथार्थ बुझे । सन् १९४१ डिसेम्बर १९ मा दोस्रो विश्वयुद्ध भयो, त्यतिबेला उनी १६ वर्षका थिए । उनले त्यो समयमा धेरै कुरा सिक्न पाए । लामो समय स्कुल विदा भयो । उनी सोच्थे, ‘मान्छेले किन मान्छे मार्ने गरेको छ ?’

जब उनको स्कुलको पढाइ सकियो । आफ्नो व्यापार शुरु गर्छु भन्ने सोचे । उनले सानो पसल राखे । खाना, चिया र खाजा बेच्थे उनी । उनले तीन वर्षसम्म पसल गरे । उनलाई फेरि पढ्ने सोचाइ जाग्यो ।

मेडिकल अध्ययन

डा महाथिर २२ वर्षको हुँदा उनी ‘किङ एडवार्ड एन्ड मेडिकल कलेज’ सिंगापुरमा डाक्टरी पढ्न भर्ना भए । त्यहाँ पढ्ने बेला महाथिर धेरै कुरा बुझ्ने भइसकेका थिए । धेरै भारतीय र पाकिस्तानीहरुसँग उनको संगत भयो । उनी पहिलो वर्ष पूरा गर्ने बेलासम्म विद्यार्थीहरु शिक्षक माझ चर्चाका पात्र भइसकेका थिए । उनलाई कलेजले एडिटर अफ एनुअल म्यागजिनको को जिम्मेवारी दियो । कलेजको विद्यार्थी परिषदका अध्यक्ष भए । मुस्लिम विद्यार्थी परिषदका पनि अध्यक्ष भए ।

सँगसँगै आफ्नो पढाईलाई पनि राम्रोसँग अगाडी बढाइरहेको देखेर उनका गुरुहरु अचम्ममा पर्थे ।  उनलाई त्यतिबेलै उनलाई नेता ठान्थे । उनले कलेजमा पढ्दा कसैलाई पछ्याउनु परेन । उनको नयाँ–नयाँ सोच लिएर काम गर्ने बानीका कारण धेरै उनलाई पछ्याउन थालेका थिए ।

    फुर्सदको समयमा महाथिर कलेजको पुस्तकालयमा भेटिन्थे । पत्रपत्रिका र बाहिरी कितावहरु उनलाई अत्यन्तै मन पथ्र्यो । विद्यार्थीकालमा महाथिरले जति सोच्न सक्ने अरु कोही थिएनन् । त्यो समयमा उनी यसरी  विद्यार्थी नेताको रुपमा अघि बढे, जसलाई देखेर शिक्षक विद्यार्थी नै अचम्म पर्दथे ।

उनका गुरुका अनुसार त्यो समय डा महाथिर अरु विद्यार्थीभन्दा हरेक कुराले अगाडी र सफल थिए । उनी अत्यन्तै जिद्दी स्वभावका थिए । कुनैपनि कुरा उनलाई गर्नुपर्ने छ भने कसैले रोक्न सक्दैनथ्यो । उनी कसैको कुरामा पछि नलाग्ने खालका थिए ।

उनी विभिन्न पत्रपत्रिकामा आफूलाई लागेको कुरा लेख्ने गर्दथे । त्यस समयमा आफ्नो सही नाममा लेख लेख्दा अप्ठ्यारो पर्ने हुँदा उनले आफ्नो छद्म नाम ‘चि डेयाट’ राखेका थिए।

फुर्सदको समयमा महाथिर कलेजको पुस्तकालयमा भेटिन्थे । पत्रपत्रिका र बाहिरी कितावहरु उनलाई अत्यन्तै मन पथ्र्यो । विद्यार्थीकालमा महाथिरले जति सोच्न सक्ने अरु कोही थिएनन् । त्यो समयमा उनी यसरी  विद्यार्थी नेताको रुपमा अघि बढे, जसलाई देखेर शिक्षक विद्यार्थी नै अचम्म पर्दथे ।
उनले आफ्ना साथीहरुसँग आफ्नो देशका किसान अनि गाउँलेको उपचार नपाएको कुराबारे छलफल गरिरहेका हुन्थें ।

प्रेम र विवाह
उनी आफूसँगै पढ्ने डा. सिटि हजमालाई मन पराउँथे । तर, सिटि हाजमाले आफु मेडिकल डाक्टर भएपछि मात्रै अन्य विषयमा सोच्ने भनिन्  । तत्कालका लागि पढाइमै ध्यान केन्द्रित गर्ने बताइन् ।

हरेक कुरामा सफल हुँदै थिए । हरेक परीक्षा पनि पास हुँदै थिए । तर, अन्तिम वर्षको परिक्षामा असफल भए । त्यसमा पनि अब्स्टेटिक र गाइनोक्लोजीमा असफल हुने एक्ला विद्यार्थी थिए ।

त्यो उनको जीवनको पहिलो असफलता थियो त्यो । सिटि हाजमाले त्यतिबेला उनलाई निकै सहयोग गरिन् । उनले त्यसबेला भनेको एउटा कुरा महाथिरले कहिले बिर्सेनन्, ‘जीवनमा लामो बाटो हिड्नेहरुले सिक्ने मौका हो, यो । पछि तिमी यही समय सम्झेर खुसी हुने दिन पनि आउनेछ ।’ परीक्षा दिएपछिको खाली समय उनले सफल÷असफल मानिस, देश, संस्था समुदायको बारेमा लेखिएका धेरै किताव पढे । त्यसैगरी आफूलाई अगाडी बढाए ।

जागिरे जीवन सुरु भएपछि महाथिरले पहिलेसँगसँगै डाक्टर पढ्दाका साथी डा. सिटि हाजमालाई विवाहको प्रस्ताव गरे । परिवारको सल्लाह पछि १९५६ मा उनको विवाह भयो ।

सरकारी जागिर मेडिकल अफिसर

जव उनले पढाइ सकाए । तीन वर्षसम्म मलेया सरकारी अस्पतालमा काम गरे । त्यस बेला उनी गरिव किसानहरु र पैसाको अभावमा उपचार गर्न नपाएकाहरु देखेर अन्यन्त दुःखी हुन्थे । अस्पतालको अस्तव्यस्तता देखेर अचम्म पर्दथे । त्यो समय सबै डाक्टर  र कर्मचारी ६ बजेसम्म डियुटीमा रहनुपर्ने नियम थियो । । तर हरेक व्यक्ति दिनको ३ बजे अस्पतालबाट हिँडिसकेका हुन्थे ।  आफू भने पूरै समय  अस्पतालमा विताउँथे ।

अस्पतालको अवस्थाबाट उनले देशको स्थिति खराव हुनुको कारणहरु जान्ने अवसर पाए । उनले एक दिन सबैलाई एउटा प्रश्न सोधे, ‘तपाईंहरु बेलुकी छ बजेसम्मको आफ्नो डियुटी छाडेर किन ३ बजे नै घर जानुहुन्छ ? हामीले नै यसरी आफ्नो काम पूरा गरेनौ भने कसरी राम्रो होला ?’

सबै जनाले उनलाई एउटै जवाफ दिए, ‘ट्राफिक जामले गर्दा समयमा घर पुग्न सकिदैन । गाडी नपाउने भएकाले हामी छिटो हिँड्न बाध्य छौं ।’ उनले त्यही दिन सोचे, ‘चिकित्सा पेशासँगै राजनीतिमा चासो राखेर कहिल्यै परिवर्तन हुँदैन । आफूले पूर्णकालिन राजनीति गर्नुपर्छ । परिवर्तन सम्भव छ ।’ उनका बुवा महाथिरलाई राजनीतिमा लागेर दुःख नपाओस् भन्ने चाहन्थे । डाक्टर बनेरै आफ्नो गाउँलेहरुको सेवा गरोस् भन्ने चाहन्थे । परिवालाई राम्रो पैसा कमाएर सहयोग गरोस् भन्ने चाहना थियो ।

त्यसपछि श्रीमति डा. सिटि हाजमासँग महाथिरले ‘आफू राजनीतिमा लाग्न इच्छुक भएको तर बुवाआमाले सहमति नदिएको’ बताए र उनको राय मागे । त्यसपछि डा. सिटिले उनलाई राजनीति गर्न अनुमति दिइन् भने आफू चिकित्सा पेशामै लागिन् । त्यसपछि उनी सरकारी जागिर छाडेर पूर्ण राजनीतिमा प्रवेश गरे ।

राजनीति
सन् १९५७ मा उनी पूर्णकालिन राजनीतिमा लागे । त्यो भन्दा अघि नै उनी सन् १९४५ को एन्टी मलेयन क्याम्पियनमा सहभागी थिए । सन् १९५० मा युनाइटेड मलायन नेचुरल अर्गनाइजेशन पार्टीको सदस्यता लिएका थिए ।

सन् १९५७–१९६४ को अवधिमा उनले नराम्रोसँग पराजय बेहोर्नुपर्यो भने दुई पटक संसदीय चुनावमा पनि असफल भए । त्यति बेलाको समयसम्म डाक्टर राजनीतिमा लाग्नु हुँदैन भन्ने सोचाई परिवार र समाजमा थियो । उनले आफ्नो हारसँगै सबैको नराम्रो व्यवहार सहनु पर्यो। तरउनकी श्रीमती डा. सिटीले प्रेरणा दिइरहिन् । अघि बढ्न उत्साहित बनाउँदै गइन् ।
सन् १९६५ मा उनले संसदीय निर्वाचन जिते । पार्टी भित्रपनि सुप्रिम काउन्सिलको प्रमुख बने । सन् १९६८ मा मलेसियाको पहिलो उच्च शिक्षा परिषदको अध्यक्ष भए । उनले सुप्रिम काउन्सिलको प्रमुख हुँदा आफ्नो पार्टीका अध्यक्ष तथा देशको प्रधानमन्त्रीले गरेका नराम्रा कामको विरोध जनाउन थाले । विचार र इमान्दारीताको राजनीतिले मात्रै देश बन्ने उनको धारणा थियो ।

सन् १९६९ को संसदिय निर्वाचनमा फेरि उनले हार सहनु प¥यो । त्यसबेला आफ्नो पार्टी, पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गरेका कारणले उनलाई निर्वाचनमा पराजित गरियो । त्यसै बखत उनलाई पार्टीको सुप्रिम काउन्सिलबाट पनि अल्पमतमा पारी निकालियो । उच्च शिक्षा परिषदको प्रमुखबाट पनि पदमुक्त गरियो । त्यही समय पार्टीबाट पनि निकाल्ने तयारी भयो । उनले सन् १९६९ सेप्ठेम्बर २६ मा पार्टी परित्याग गरे । अव केही समय राजनीतिमा नआउने भन्दै उनले पार्टी छाडे । यही समयमा उनले मलेसियाको विकास कसरी गर्ने भनेर किताब लेखे ।  ‘द मलाया डिलेमा’ नामक उक्त पुस्तक निकै चर्चित भयो  ।

सन् १९७२ मा फेरि उनी पार्टीमा फर्किए । उनलाई सिनेटरमा नियुक्त गरियो । राष्ट्रिय विश्वविद्यालय परिषदमा पनि नियुत्ति पाए । सन् १९७५ यु.एम.एन.ओ. पार्टीको उपाध्यक्षमा उमेद्वारी दिए । उनलाई सबैले हारको मूल्यांकन गरेको बेला उनी पार्टीको उपाध्यक्ष पदमा विजयी भए अनि शिक्षा मन्त्री पनि भए ।

सन् १९७८ उनी संसदीय निर्वाचनमा अध्यधिक मतले विजयी भए । उप–प्रधानमन्त्री, उद्योग तथा वाणिज्य मन्त्री भए । ५ वर्षको अवधिमा उनले गरेका कामले निकै प्रशंसा पाए। १९८१ देखि २००३ सम्म उनी मलेसियाको प्रधानमन्त्री बने । १९८१ मा यु.एम.एन.ओ. पार्टीको अध्यक्षमा निर्वाचित भए । उनी १९८१ जुलाई १० मा मलेसियाको प्रधानमन्त्री भए । अनि उनले देशको लागि एउटा नारा तय गरे ।

क्लिन इफिसियन्ट ट्रष्ट वर्थी गभर्मेन्ट
लिडर थ्रो एक्ज्याम्पल, द लुक इस्ट पार्टी
परमिसन अफ इस्लामिक भ्यालुज् एन्ड बाइ ब्रिटिस लस्ट


उनलाई जनसमुदायले विस्तारै विश्वास गर्न थाले । त्यो समयमा यु.एम.एन.ओ. पार्टीका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष टङ्गखु अब्दुल रमनले डा महाथिरलाई आफूले विश्वास गर्न नसकेकोमा आम जनतासँग माफी मागेका थिए ।

सुरु–सुरुमा डाक्टर महाथिरसँग काम गर्न नसक्ने भनेर सरकारमा रहेका उपप्रधान, गृह लगायतका मन्त्रीहरुले अपठ्यारोमा पार्न राजिनामा दिन्थे । तर, उनी झनै सहायिक रुपमा काम गर्न थाले । ‘देशको हितमा मात्रै काम गरेको भनेर यतातिर लाग्ने नसक्नेले पद छाडेको’ भनी उनले अभिव्यक्ति दिए । काम गर्न नसक्नेलाई आफै पनि मन्त्रीबाट हटाइदिन थाले । तर, पार्टीमा उनको यो कार्यको निकै विरोध भयो ।

१९८७ मा उनले फेरि पार्टी अध्यक्षमा उम्मेद्वारी दिए । उनी पार्टीको अध्यक्ष भए । लगातार पार्टीलाई अगाडी बढाउँदै प्रधानमन्त्री भए । उनी कानुनले मात्रै समानताको अधिकार सबैलाई दिनसक्छ भन्ने मान्यता राख्थे । विकासले मात्रै देश अगाडी बढ्न सक्ने अवधारणा अघि सारेका थिए ।

मलेसियाको विकासमा रातदिन खट्न थाले र पार्टीमा अध्यक्ष भइरहे । उनले राजनीतिमा लाग्नुअघि देखेका सपना एकपछि अर्को गर्दै पूरा गर्न लागि परे । मलेसियाको विमानस्थल, क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल, ठूलो टु इन टावर अफ द वल्र्ड जस्ता ठूला राष्ट्रिय योजनाहरुमा आफू हरेक हप्ता गएर अवलोकन गर्दथे । सन् १९९९ मा त्यसको निर्माण पूरा गरी आफैंले उद्घाटन गरे ।

उनलाई १९९८ मा टाइम म्यागेजिनले एसियन न्यूज मेकरको उपाधी दिएको थियो । यसरी सन् २००२ सम्ममा देशमा विकास गरी रोजगारी, स्वास्थ्य, शिक्षा जस्ता योजनाहरु करिव ९५ प्रतिशत पूरा गरे । आफ्नो पार्टीमा अर्को १८ महिना कार्यकाल बाँकी छँदै उनले एक्कासी राजिनामा दिए । त्यो समयमा पार्टीका हरेक सदस्यको आँखाबाट आँसु रसाएका थिए । ‘गलत सोचाइ नराखी बनाएका योजना कसैलाई नसोधी र सल्लाह नगरी गर्नुपर्छ’ भन्ने उनको मान्यता थियो । घरमा र पार्टीका अरु पदाधिकारीसँग सल्लाह नगरी उनले दिएको राजिनामाले सबैलाई छक्क पारेको थियो ।

यसरी सन् २००३ अक्टोबर ३१ मा २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका उनले पद त्यागे । उनी एसियाको सबैभन्दा लामो समय र राम्रो काम गर्ने राजनीतिक नेतृत्व ठहरिए । उनी अहिले ९१ वर्षका छन् । उनले आफू सफल हुनुको कारण श्रीमती ठान्छन् ।  भन्छन्, ‘उनको सहयोग नगरेको भए र साहस नथपेको भए म कहाँ यो अवस्थामा हुन्थें र ?’

- यो सामग्रीलाई बञ्जाडेले नेपालीमा अनुवाद गरेका हुन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


फेरि अर्काे ‘लापरबाह’ डाक्टर!

Nepal Live

एउटा अस्पतालमा ५५ वर्षीया आमा हिँड्दै, कुरा गर्दै पित्तथैलीको शल्यक्रिया

मेडिकल काउन्सिल एडिक्सन

Nepal Live

विधान र विधा जतिसुकै विशिष्ट भए पनि त्यसभित्र रहने व्यक्तिहरुको

स्वास्थ्य सेवामा किन चाहिन्छ कुशल व्यवस्थापन?

Nepal Live

हामी स्रोत र साधनको कमीले पछि परेका होइनौं, बरु भएका

पिजीको शुल्कमा त्रिविले मनपरी गर्दैछः डा. केसी

Nepal Live

चिकित्सा शिक्षामा स्नातकोत्तर तहको शुल्क निर्धारणबारे त्रिविमा हाल भइरहेको चलखेल

‘बाँच्नभन्दा मर्न खर्चिलो हुने’ अवस्था नआओस्

Nepal Live

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको नैसर्गिक र शास्वत अधिकार हो।

व्यावसायिक र मर्यादित पत्रकारिता: हाम्रो प्रतिबद्धता

Nepal Live

हेल्प पब्लिकेशन प्रालिले विगत ७ वर्षदेखि ‘स्वास्थ्य खबरपत्रिका’ प्रकाशन गर्दै

पढ्नै पर्ने