अटो रिक्सा दुर्घटना : गर्भवतीसहित दुईको अवस्था गम्भीर, चालक फरार

नेपाल लाइभ

हेटौँडा- मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए। 

ना१ह ९३५१ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते भएका छन्। घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्षीय विजय स्याङ्तान र वडा नं. ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन्। उनीहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ।

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तर खोल्सामा खसेको थियो। अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे फरार छन्। 

पढ्नै पर्ने