नुहाउने क्रममा डुबेर दाजुभाइ बेपत्ता

नेपाल लाइभ

चितवन – पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ हुन्।

दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन्।

प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ। रासस

पढ्नै पर्ने