सांसद विकास कोषबाट छात्रालाई साइकल

नेपाल लाइभ

Nepal Live

रौतहट – विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ। 

महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो। 

नेकपा माओवादी केन्द्रका पोलिटब्युुरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन साह र गुुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी पलट चौधरीसहितको सहभागितामा साइकल वितरण सम्पन्न भएको हो । उक्त सहयोगबाट विद्यार्थीको अध्ययनमा टेवा पुुग्ने प्रधानाध्यापक रामेश्वर चौधरीले बताए। रासस 

पढ्नै पर्ने