काठमाडौँ आउँदै गरेको बसबाट लागुऔषधसहित दुई पक्राउ

नेपाल लाइभ

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये अन्सारीलाई नागढुङ्गाबाट र लामालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ। 

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले पक्राउ परेकासँग ५०÷५० एम्पुल डाइजेपाम, फेनार्गन र नुर्फिन बरामद गरिएको बताए। रासस 

पढ्नै पर्ने