कामकाजी गर्भवतीले यी कुरामा ध्यान दिन जरुरी

डा.ज्योति अग्रवाल

Nepal Live

गर्भवती हुनु कुनेै पनि महिलाका लागि सबैभन्दा खुसीको कुरा हो । यो समयमा आफ्नो तथा पेटभित्र हुर्कंदै गरेको बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर मात्र काम गर्नुपर्छ । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू गर्भवतीको सुरुवाती चरणदेखि सुत्केरी हुँदासम्म पनि सजिलो–गाह्रो जस्तोसुकै काममा सक्रिय रहने गरेका छन् । त्यो उनीहरूको बाध्यता पनि होला । तुलनात्मक रूपमा ग्रामीण क्षेत्रका महिलाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने महिलाको दैनिकी सहज देखिन्छ । गर्भवती हुँदा केही काम गर्नु हुँदैन, आराम मात्र गर्नुपर्छ भन्ने पनि छन् कतिपय । चिकित्सकहरूको सल्लाहअनुसार गर्भवतीले सुरुको अवस्थादेखि नै आफूले सक्नेसम्म सामान्य काम गर्दा फरक पर्दैन ।

कार्यालयमा काम गर्ने महिलाले पनि गर्भवतीको समयमा कामलाई निरन्तरता दिन सक्छन् । गर्भवती हुँदा घरबाहिर निस्कनु हुँदैन भन्ने मानसिकतालाई नकार्दै हिजोआजका शिक्षित महिलाले गर्भावस्थामा पनि आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका धेरै उदाहरण छन् । गर्भवती भएको समयदेखि बच्चा हुर्काउने बहानामा समेत धेरै महिलाले आफ्नो योग्यता तथा क्षमताले दिएको काम पन्छाउने गरेका पनि छन् । यसले गर्दा उनीहरूको लामो समय बिना उपलब्धी बितिरहेको हुन्छ । 

प्रकृतिले नै बच्चा पाउने जिम्मेवारी महिलालाई सुम्पेको छ, जसकारण यो महिलाको सबैभन्दा सुन्दर पल हो । त्यसैले आफ्नो यो जिम्मेवारी बहन गर्ने सिलसिलामा नियमित कामतर्फ पनि उतिकै सक्रिय भएर लाग्नुपर्छ । 

कामकाजी महिलाले गर्भवती हुँदा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । आफ्नो नियमित काममा समेत बाधा नपुर्‍याई बच्चा तथा आमाको स्वास्थ्य स्वस्थ र सुरक्षित राख्न सकिने धेरै विकल्प छन्। 

केमा ध्यान दिने ?

—गर्भवतीहरूमा उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, पटकपटक ब्लिडिङ हुने, त्योभन्दा अगाडि पनि बच्चा खेर गएको भए अथवा कसैको पहिले पनि प्रि–म्याच्योड डेलीभरी भएको भए पर्याप्त मात्रामा आराम गर्नुपर्ने हुन्छ । 

—कार्यालयमा काम गर्नुपर्ने समय बढी छ भने घरमा आफूले गर्नैपर्ने कामबाहेक अरू समय पर्याप्त मात्रामा आराम गर्नुपर्छ । भारी काम छ भने त्यसलाई परिवर्तन गरेर टेवल वर्क जस्तो धेरै परिश्रम गर्नु नपर्ने सजिलो सेक्सनमा कामलाई सार्न सकिन्छ । 

—मेडिकल सेक्टरतिर काम गर्ने महिला विशेषगरी एक्सरे हुने स्थानमा जानु हुँदैन । 

—जुन स्थानमा एक्सरे मेसिन छ, त्यहाँबाट जोगिनुपर्छ । 

—भारी काम गर्नुपर्ने स्थानहरूमा नजाने ।

—रासायनिक पदार्थ उत्पादन हुने कलकारखाना, केमिकल प्रयोग हुने स्थानबाट जोगिने । 

—धुम्रपान हुने क्षेत्रबाट टाढै रहने ।

—खुल्ला रूपले धुम्रपान गर्ने स्थान जस्तैः क्यासिनो तथा रेस्टुरेन्टतिर नजाने ।

—बढी आवाज आउने ठाउँमा बस्दा मानसिक तनाव बढ्ने भएकाले त्यस्ता स्थानमा धेरै बेर बस्नु हुँदैन ।

—धुलोधुवाँ भएको क्षेत्रमा एलर्जीको सम्भावना भएकाले त्यसबाट जोगिनुपर्छ । 

—विद्युतीय सामानको निरन्तर प्रयोगले आँखामा समस्या आउँछ । तसर्थ गर्भवती अवस्थामा आँखालाई बढी आराम दिनुपर्छ ।

—टेबलमा बसेर धेरैबेर काम गर्दा खुट्टा झुन्ड्याएर बस्नुपर्ने भएकाले समय–समयमा हिँडडुल गर्ने ।

—एकै ठाउँमा धेरैबेर नबस्ने किनकि गर्भवती अवस्थामा हाम्रो पिडुँलातिर रगत जम्ने डर हुन्छ । बेलाबेला पिडुँलाको मसाज गर्ने ।

—आरामसँग बसिरहेको ठाउँबाट जुरुक्क नउठ्ने । यसो गर्दा ब्लडप्रेसर फल हुने डर हुन्छ । जसले गर्दा रिँगटा लागेर लड्न सकिन्छ । 

—घरमै बनाइको सफा र सन्तुलित आहार खाने । अफिस जानुपर्ने भए घरबाटै खाजा लैजाने  ।

—बजारमा उपलब्ध अस्वस्थकर खाना खाँदा झाडा, वान्ता, टाइफाइड, जन्डिस जस्ता समस्या थपिने भएकाले यस्ता खानेकुराबाट जोगिने ।

—हरेक दुई घन्टाको फरकमा केही न केही खानेकुरा खाइरहने ।

—फलफूल, तरल पदार्थ, गेडागुडीहरू मिलाएर खाने गर्नुपर्छ । 

—शरीरमा पानीको मात्रा कम हुन दिनुहुन्न । जुसको नियमित सेवन गर्ने ।

—आफूलाई सजिलो महसुस हुने, सुतीको सफा र खुकुलो कपडाहरू लगाउनुपर्छ । 

—एकदम कसिलो कपडाको प्रयोग नगर्ने । 

—जुत्ताचप्पल पनि सजिलो खालको लगाउनुपर्छ । अग्लो चुच्चो परेको जुत्ताचप्पल लगाउँदा ढाड दुख्ने समस्या आउँछ । 

—हिँडडुल गर्दा बिस्तारै हिँड्ने । कुनै पनि काम गर्दा हतार नगर्ने ।

जिम्मेवारी व्यवस्थापन 

कामको चापलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर शान्त भएर सोच्ने र आफूले सक्ने किसिमको काम मात्र गर्नुपर्छ । कार्यालयको कामबाट असहज भइरहको छ भने सो कुराको जानकारी व्यवस्थापनमा गराउनुपर्छ।

गर्भवती अवस्थामा तनाव त लिनै हुन्न । आफ्नो काममा रमाउन सिक्नुपर्छ । विभिन्न शारीरिक तथा मानसिक परिवर्तन देखा पर्ने भएकाले त्यसलाई प्राकृतिक प्रक्रिया मानेर अत्तालिनु हुन्न । अप्ठेरो लागे आफन्त वा सहकर्मीसँग सहयोग माग्न झन्झट मान्नु हुँदैन । सहकर्मीभित्र पनि आफूभन्दा अगाडि आमा भइसकेकाहरूसँग अनुभव सुन्ने गर्नुपर्छ । 

सधैं सकारात्मक भावना राखे कुनै समस्या आइपर्दैन । कुनै व्यक्ति वा काम गर्ने स्थानले मानसिक तनाव दिएको महसुस भए त्यो ठाउँ छोडेर भए पनि आफूलाई व्यवस्थित राख्न प्रयास गर्नुपर्छ । कसरी आफू स्वस्थ र खुसी बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही नभएकाले स्वास्थ्यलाई नै जोखिममा पारेर कुनै पनि लाभ लिनु हुँदैन । 
आफूलाई के गर्दा आनन्द महसुस हुन्छ, त्यसलाई अपनाउनुपर्छ । जस्तैः गीत सुन्ने वा फिल्म हेर्ने । यसले मूड फ्रेस बनाउन सहयोग पुर्‍याउँछ । 

आफ्नो सुत्केरी समयको बारेमा समेत जानकारी गराउनुपर्छ । यसका लागि पहिले नै बिदाको लागि पहल गर्नुपर्छ, जसबाट अफिसको काममा पनि क्षति हुँदैन । सबैभन्दा महत्वपूर्ण त काम गर्ने वातावरण आमा र पेटको बच्चाको स्वास्थ्यलाई हानि नपुग्ने खालको हुनु आवश्यक छ । 

(अग्रवाल वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् ।)

भारतको मध्यप्रदेशमा रुख मुनि बसेर उपचार गराउन बाध्य गर्भवती महिला

Nepal Live

भोपाल– भारतको मध्यप्रदेशमा स्वास्थ्य सेवा भेन्टिलेटरमा पुगेको छ। यसको पछिल्लो तस्बीर मध्यप्रदेशको ब्यावरा जिल्लामा देखिएको छ। ब्यावराको सिभिल अस्पतालमा पुजा बाई नाम गरेकी एक महिला रुखको मुनि उपचारका लागि एउटा

पढ्नै पर्ने