झापाः दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नेपाल लाइभ

उर्लाबारी- मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित गछिया पुल छेउमा आज साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा–६ का ४२ वर्षीय पुरण मण्डलको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते मण्डलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। रासस

पढ्नै पर्ने