आइसिसीले टेस्ट र एकदिवसीय च्याम्पियनसिप गर्ने

नेपाल लाइभ

Nepal Live

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले ९ देश सम्मिलित र १३ एकदिवसीय टिम सहभागी लिग क्रिकेटलाई मान्यता दिएको छ। 

आइसिसीले प्रयोगको रुपमा २०१९ र २०२० मा ९ टेस्ट राष्ट्र सम्मिलित रहेको टेस्ट शृंखला र १३ टिम रहेको एकदिवसीय शृंखला गराउने घोषणा शुक्रबार गरेको हो। 

टेस्ट शृंखलाअन्तर्गत ९ राष्ट्रले दुई वर्षको भित्र ६ वटा शृंखला खेल्नेछ । जसमा तीन वटा देशभित्र र तीन वटा बाहिर खेल्नुपर्नेछ । सबै टिमले पाँच दिनको शृंखला खेलेर विश्व टेस्ट लिग च्याम्पियनसिपको फाइनलमा स्थान बनाउनेछन्। 

एकदिवसीयमा १२ देश पूर्ण मान्यताप्राप्त समावेश हुनेछन् । एक टिम आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताले खेल्न पाउनेछ।

पढ्नै पर्ने