भारतमा पटाका विस्फोट हुँदा २ जनाको मृत्यु

नेपाल लाइभ

Nepal Live

अलीगढ (एजेन्सी) – भारतको अलीगढमा शुक्रबार पटाका राखिएको घरमा विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ ।

हरदुआगञ्ज पुलिस स्टेशन नजिक जलालीमा एक व्यापारी रफिकको घरमा भएको विस्फोटमा एक महिला र एक किशोरी रहेका छन् । मृत्यु हुनेमा ३५ वर्षीया अफसरी र १५ वर्षीया तैथ्यबा रहेका छन्।

घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको स्थिति गम्भीर रहेको बताइएको छ।

पुलिस महानिर्देशक (डिजिपी) मुख्यालयका एक अधिकारीले रफिकसँग पटाका व्यापार गर्ने इजाजत भए पनि उनले अवैधानिक रुपमा पटाका भण्डार गरेर राखेको बताए।

पढ्नै पर्ने