१४ तस्बिरमा हेर्नुहोस् नेपाल र हङकङबीचको खेल

नेपाल लाइभ

Nepal Live

काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको छ । हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय ११ रनमै अलआउट भयो।

ब्याटिङमा खराब प्रदर्शन गरेपछि नेपाल पराजित भएको थियो । सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ भने सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। 

डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाललाई एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्न कठिन बनेको छ।

तस्बिरमा हेर्नुहोस् नेपाल र हङकङबीचको खेल :

पढ्नै पर्ने