फास्टट्र्याक आयोजना निर्माणको विस्तृत परियोजना भारतीय कम्पनीसँग खरिद गर्ने सरकारको निर्णय

नेपाल लाइभ

Nepal Live

काठमाडौं- सरकारले फास्टट्र्याक आयोजना निर्माणको विस्तृत परियोजना भारतीय कम्पनीसँग खरिद गर्ने निर्णय गरेको छ।

फास्टट्र्याकको विस्तृत परियोजना प्रतिवेदन भारतीय कम्पनी इन्फास्ट्रकचर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) ले तयार पारेको हो।

नेपाली सेनालाई जिम्मा दिएको उक्त ठेक्कामा पुन: सम्भाव्यता अध्ययन गर्नुपर्ने भएपछि भारतीय कम्पनीसँग खरिद गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको हो। यसअघि भारतीय कम्पनीले नै उक्त परियोजना निर्माण गर्ने तयारी गरेको थियो। तर सर्वोच्च अदालत र भारतीय कम्पनीको प्रस्ताव नेपालको पक्षमा नभएको भनी आलोचना भएपछि त्यसलाई खारेज गर्दै सेनालाई दिने निर्णय गरेको थियो।

सरकारले फास्टट्र्याक विकास निर्देशन समितिमार्फत उक्त कम्पनीसँग अध्ययन प्रतिवेदन खरिद गर्न लागेको हो। यस्तै, आजको मन्त्रिपरिषद् बैठकले बानेश्वरमा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।

 

पढ्नै पर्ने