गोली हानी हत्या गरिएका गौचनलाई सहिद घोषणा

नेपाल लाइभ

Nepal Live

काठमाडौं- सरकारले बानेश्वरमा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सहिद घोषणा गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

गौचनका परिवारले सरकारले सहिद घोषणा गर्ने सहमति नगरेसम्म शव नउठाउने अडान राखेपछि यस्तो निर्णय भएको हो। गृह मन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो। सहिद घोषणा गर्न सहमति जुटेपछि बिहीबार गौचनको अन्त्येष्टि गरिएको थियो। 

गौचनलाई सोमबार अपराह्न मोटरसाइकलमा आएका अज्ञात दुई जनाले नयाँ बानेश्वरमा गोली प्रहार गरी हत्या गरेका थिए। प्रहरीले हत्याराको अझै पहिचान गर्न सकेको छैन।
 

पढ्नै पर्ने