१७ दिनदेखि बेपत्ता बालक अझै फेला परेनन्

नेपाल लाइभ

राजविराज- करिब १७ दिनअगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन्। 

विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएका हुन्। उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताए।

महेश राजविराजस्थित वर्ल्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्। उनी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको छ। 

यता बेपत्ता भएका महेशको खोजी गरिदिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन्।रासस
 

पढ्नै पर्ने