ad

आरुषि–हेमराज हत्याकाण्डका अभियुक्त तलवार परिवार जेलमुक्त

नेपाल लाइभ

Nepal Live

काठमाडौं (एजेन्सी)– भारतको ठूलो ‘मर्डर मिस्ट्री’ मानिएको चर्चित आरुषि–हेमराज हत्याकाण्डका अभियुक्त मानिएका आरुषीका आमा–बुवा राजेश र नुपुर तलवारलाई इलाहावाद उच्च अदालतले जेलमुक्त गर्ने फैसला सुनाएको छ। 

बिहीबार अदालतले तलवार दम्पत्तीलाई शंकाको सुविधा दिने निर्णय गरेको हो। यी दुवैले अदालत समक्ष आफ्नो छोरी र कामदारको हत्या आफूहरुले नगरेको वयान दिँदै आएका छन्। 

हत्या भएको स्थान, परिस्थितिजन्य अवस्था र सिबिआईले उपलब्ध गराएको रिपोर्टका आधारमा जिल्ला अदालतले उनीहरुलाई २०१३ मा आजीवन कारावासको सजाय सुनाएको थियो। 

तर, उनीहरुले सन् २०१४ मा इलाहावाद उच्च अदालतमा जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावलोकन माग गरेका थिए। 

सन् २००८ मा भएको यो घटनामा तलवार परिवारकी एक मात्र छोरी १४ वर्षीया आरुषि आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। यो काण्डमा उनीहरुको घरमा काम गर्न बसेका नेपाली हेमराजको पनि हत्या भएको थियो। हेमराजको शरीर भने घरको टेरेसमा भेटिएको थियो।
   
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ब्राजिलमा यस बर्ष एक सय प्रहरीको मृत्यु

Nepal Live

रियो डी जानेरो– ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय

अफगानिस्तानको अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु

Nepal Live

काबुल- अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती

पैसा टिप्ने प्रतियोगिता

Nepal Live

काठमाडौं/एजेन्सी- चीनको झेजियाङ प्रान्तमा प्रत्येक वर्ष नोट टिप्ने प्रतियोगिता आयोजना हुने गरेको

पढ्नै पर्ने