ad

रोहिंग्या संकट : संयुक्त राष्ट्र संघले म्यान्मारबाट वरिष्ठ अधिकारी फिर्ता बोलायो

नेपाल लाइभ

Nepal Live

बिबिसी - संयुक्त राष्ट्र संघले म्यान्मारको रखाइन प्रान्तको रोहिंग्याबहुल भूभागमा कार्यरत मुख्य अधिकारी रेनाट लोक–डेसालियनलाई फिर्ता बोलाएको छ।

राष्ट्र संघले बिहीबार त्यहाँ कार्यरत आफ्नी मुख्य अधिकारी रेनाटालाई न्युयोर्क फिर्ता बोलाएको घोषणा गरेको हो।

गत महिना रेनाटामाथि अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायविरुद्ध राज्यको दमन मामिलाबारे म्यान्मारभित्र छलफल हुन नदिएर दबाएको आरोप लागेको थियो । बिबिसीले यसबारे गत महिना एउटा रिपोर्ट प्रसारण गरेको थियो।

रखाइनमा केही महिनायता हिंसा भड्किएपछि ५ लाखभन्दा बढी अल्पसंख्यक रोहिंग्या म्यान्मारबाट पलायन भएका छन् । तीमध्ये सबैभन्दा धेरै रोहिंग्याले बंगलादेशमा शरण लिएका छन् । 
राष्ट्र संघका अनुसार रेनाटाले यसै महिना (अक्टोबर)को अन्त्यसम्म म्यान्मार छाड्नेछिन्।
 
यसअघि गत जुनमा राष्ट्र संघले उनको ठाउँमा अर्का व्यक्तिलाई पठाइने जनाएको थियो।
 
रेनाटालाई म्यान्मारमा मानव अधिकारलाई प्राथमिकता दिन नसकेको आरोपमा त्यहाँबाट फिता बोलाइएको बताइन्छ।

तर त्यसपछि पनि उनी म्यान्मारमा कार्यरत थिइन् । दुई साताअघि राष्ट्र संघका महासचिवले रेनाटामाथि पूर्ण विश्वास व्यक्त गरेका थिए। 

बिबिसीले गरेको खोजमा म्यान्मारभित्र र बाहिर राष्ट्र संघका भित्री सुत्र तथा सहायताकर्मीले गएका चार वर्षयता रोहिंग्या संकट गहिरिन थालेपछि म्यान्मारस्थित राष्ट्र संघको कन्ट्री अफिस प्रमुख रेनाटाले मानव अधिकारवादीलाई रोहिंग्याको बसोवास क्षेत्रमा जान रोक्ने प्रयास गरेको बताएका थिए।

यसपछि राष्ट्र संघले रेनाटाको समर्थनमा विज्ञप्ति जारी गरेको थियो। उनले बिबिसीलाई अन्तर्वार्ता दिन अस्विकार गरेकी थिइन्। तर म्यान्मारस्थित राष्ट्र संघीय कार्यालय प्रमुखमा कसलाई नियुक्त गरिने हो घोषणा गरिएको छैन।
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ब्राजिलमा यस बर्ष एक सय प्रहरीको मृत्यु

Nepal Live

रियो डी जानेरो– ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय

अफगानिस्तानको अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु

Nepal Live

काबुल- अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती

पैसा टिप्ने प्रतियोगिता

Nepal Live

काठमाडौं/एजेन्सी- चीनको झेजियाङ प्रान्तमा प्रत्येक वर्ष नोट टिप्ने प्रतियोगिता आयोजना हुने गरेको

पढ्नै पर्ने