ad

डब्लुसिएल च्याम्पियनसिप : शरदको ठाउँमा नरेश बुढाऐर हङकङ जाने 

नेपाल लाइभ

Nepal Live

काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको हङकङ विरुद्धको छैटौं चरणको खेलअघि बिरामी परेका टिमका महत्त्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरको ठाउँमा नरेश बुढाऐर खेल्ने भएका छन्।

शरदको ठाउँमा नरेशले खेल्ने नेपाली टिमका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जनाएका छन् । नरेश शुक्रबार बिहान हङकङ पुग्नेछन् । हङकङसँग नेपालको पहिलो खेल शुक्रबार नै भएकाले उनले सो खेल खेल्ने सम्भावना न्यून छ। 

नेपालले हङकङको टिन कङ रिक्रिएन मैदानमा शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाली टिमका प्रशिक्षक जगत टमाटाले फर्ममा रहेका शरद नहुँदा टिमलाई घाटा पर्ने बताए । 'शरदले खेल्न नसके तीन नम्बरमा पारसले ब्याटिङ गर्नेछन्', टमाटाले भने।

डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपमा छनोट हुन हङकङसँगका दुवै खेल जित्नैपर्ने दबाव छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने