बेहुलीका पिताले छोरीले गाडी चलाउने सर्त राखेपछि बेहुलाले तोडे विवाह

नेपाल लाइभ

Nepal Live

प्रतीकात्मक तस्बिर


रियाद (एजेन्सी)- सम्पन्न देशमा पर्ने साउदी अरब त्यहाँका मानिसहरुको ठाँट र सुख-सुविधाभन्दा पनि राज्यले लगाएका विभिन्न प्रतिबन्ध र काइदा-कानुनका कारण बढी चर्चामा आउँछ।

साउदी अरबमा रहेको नियम-कानुन महिलाहरुको मामिलामा अझ कडा छ । यद्यपि समयसँगै नियमहरु बदलिने क्रममा हालै साउदी अरबमा पहिलो पटक महिलाहरुलाई गाडी चलाउने अनुमति दिइएको छ । त्यहाँको सरकारले यो आदेश २०१८ को जूनसम्ममा लागू गर्नेछ।

यो ऐतिहासिक निर्णयले साउदीभरि खुसियाली मनाइँदा एक व्यक्तिलाई भने यो कुरा नपचेको देखियो । खबर अनुसार हालै एक बेहुला विवाह तोडेर मण्डपबाटै उठेर हिँडेका छन् । उनले यस कारण विवाह तोडे, जब बेहुलीका पिताले सरकारी प्रतिबन्ध खुलेसँगै छोरीले २०१८ जूनदेखि गाडी चलाउने कुरामा जोड दिए।  

तर, यसअघि दुई सर्त स्वीकार गरिसकेका बेहुलालाई यो तेस्रो कुरा कत्ति पनि ठीक लागेन । उनले स्वीकार गरेका दुई सर्तमध्ये पहिलो थियो, दाइजो सम्बन्धी । केटा पक्षले केटी पक्षलाई  ४० हजार रियाल दिन राजी भएका थिए । दोस्रो सर्त अनुसार, विवाहपछि केटीले नोकरी गर्ने कुरा पनि केटा पक्षले स्विकारेको थियो।

तर, केटीले गाडी हाँक्ने सर्तमा भने उनी राजी भएनन् । फलस्वरुप उनले विवाह तोडे र मण्डपबाट उठेर निस्किए।

पढ्नै पर्ने