ad

बंगलादेश रोहिंग्यालाई जेल जस्तै – अधिकारवादी

नेपाल लाइभ

Nepal Live

ढाका – म्यान्मारबाट बंगलादेश छिरेर शरणार्थीका रुपमा रहेका लाखौं शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीहरुले जनाएका छन्। 

बंगलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिंग्या मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो। 

उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ। 

बंगलादेशमा रहेका करिब पाँच लाख रोहिंग्या शरणार्थीलाई मोबाइल सेवा दिएमा दूरसञ्चार कम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ । उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु प्रबन्ध आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन्। 

रोहिंग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चार मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएका छन् । बंगलादेशको सरकारले सुरक्षाको कारण देखाउँदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ।

शरणार्थीको सुरक्षाका लागि मानवीय संवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ब्राजिलमा यस बर्ष एक सय प्रहरीको मृत्यु

Nepal Live

रियो डी जानेरो– ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय

अफगानिस्तानको अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु

Nepal Live

काबुल- अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती

पैसा टिप्ने प्रतियोगिता

Nepal Live

काठमाडौं/एजेन्सी- चीनको झेजियाङ प्रान्तमा प्रत्येक वर्ष नोट टिप्ने प्रतियोगिता आयोजना हुने गरेको

पढ्नै पर्ने