ad

 म्याग्दी : स्थानीय उत्पादन बजारीकरण गर्न ‘कोशेली घर’

नेपाल लाइभ

Nepal Live

बाबियाचौर, म्याग्दी – अन्नपूर्ण गाउँपालिका–८ नांगीका उद्यमीले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन्। 

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगीस्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरिएको छ। 

वडा कार्यालयको सहयोग र उद्यमीले श्रमदान गरेर रु दुई लाखको लागतमा बिक्री कक्ष भवन निर्माण गरिएको उद्यमी जसमाया पुर्जाले बताइन्। 

बिक्री कक्षमा नांगीमा उत्पादित नेपाली कागजबाट तयार गरिएको डायरी, झोला, नोटबुक, ल्याम्पसेट, कागजका गहना, टोपी, झोला, आरुबखडाको जाम, च्याउ लगायतका सामग्री राखिएको छ। 

नांगी भ्रमणमा आउने पर्यटकले कोशेलीका रुपमा ती सामान किनेर लैजान सजिलो होस् भनेर बिक्री कक्ष सञ्चालन गरिएको उद्यमी राममाया पुनले बताइन्। उद्यमीले तयार पारेका सामग्री कोशेली घरमा संकलन गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ। 

उद्यमीलाई सामान बेच्न र पर्यटकलाई नांगी गाउँको पहिचानका रुपमा सामान किनेर लैजान सजिलो भएको छ । सात जनाले नेपाली कागजबाट सामान बनाउने र १५ जनाले झोला, स्वेटर, टोपी, गलबन्दी बुन्न तथा जाम बनाउने गर्छन्। 

सामान बिक्री गर्न बजार जानुपर्दा धेरै समय लाग्छ । उचित मूल्य नपाउने समस्या भएपछि कोशेली घर सञ्चालन गरिएको उद्यमी कुमारी चोचाङगीले बताइन्। 

बिक्री कक्ष रहेको भवनमा मगर सङ्ग्रहालयसमेत सञ्चालन गर्ने उनीहरुको योजना छ । सङ्ग्रहालय सञ्चालनका लागि मगर समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री संकलन गर्न थालिएको छ। 

नांगीका उद्यमीलाई लघुउद्यम विकास कार्यक्रम र गरिबी निवारण कोषले तालीम, घुम्ती कोष र बजारीकरणमा सघाउँदै आएको छ । द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत दुईवटा उत्पादन समूहमा आबद्ध उद्यमीलाई गरिबी निवारण कोषले घुम्ती कोष सञ्चालनका लागि रु चार लाखभन्दा बढी उपलब्ध गराएको छ। 

यसैगरी परम्परागत सीपको संरक्षण, व्यावसायिक उत्पादन र आधुनिक औजारको प्रयोगसम्बन्धी तालीमका साथै विभिन्न ठाउँमा प्रदर्शनीको व्यवस्था मिलाएको धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रका कार्यक्रम संयोजक रमेश पौडेलले बताए। रासस 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने