ad

बाँके र बर्दियामा फौजी किराको प्रकोप, सयौं हेक्टरमा लगाइएको धानबालीमा क्षति 

कृष्ण अधिकारी

Nepal Live

नेपालगन्ज– बाँके र बर्दियाका विभिन्न स्थानमा फैलिएको फौजी किराको प्रकोपले पाकेको धानबालीमा क्षति पुर्याएको छ। फौजी किराले हालसम्म बर्दियाको गुलरियाको थारु पर्सिया, मथुराहरद्वार, खैरापुर क्षेत्र तथा बाँकेको फत्तेपुर, बिनौना र बैजापुर क्षेत्रको सयौं हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको छ।

बाँकेमा मात्रै करिब १ सय २५ हेक्टरमा लागएको धानबालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। उज्यालो हुँदा धानको गाँजमा लुक्ने फौजी कीरा (आर्मी वर्म)ले सूर्यास्त भएपछि निस्केर सैनिक शैलीमा एकैसाथ धानको बाली नष्ट गर्छ।

फौजी किराको प्रकोप देखापरेका स्थानका किसानलाई जिल्ला कृषि विकास कार्यालय बर्दियाले निःशुल्क विषादी वितरण गरेको छ। फौजी किरा नियन्त्रण गर्न १ लिटर पानीमा २ एमएल इमिडोकोलोप्रिड नामक विषादी मिसाएर धानको गाँज भिज्नेगरी छर्कन कृषि प्रसार अधिकृत धनबहादुर पुनले सुझाव दिएका छन्।

फौजी कीराले वातावरण अनुकूल पाउना साथ सर्वत्र फैलिने र धानबालीमा क्षति पुर्याउने भएकाले तत्काल नियन्त्रणका लागि प्रयास गरिएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ।

सुख्खा र घमाइलो मौसममा फैलने र हुर्कने फौजी किराको हुलले एकै रातमा ठूलो नोक्सानी पार्ने गरेको कृषि प्राविधकहरु बताउँछन्। 

अत्यधिक विषादी प्रयोग गरिने र लामो समयदेखि खडेरी परेको स्थानमा फौजी किराको प्रकोप देखिने गरेको छ। २०४५ सालमा फौजी कीराले बा“के र बदिर्यामा धानबाली नष्ट पारेको थियो। त्यसपछि २०६९ सालदेखि बर्सेनि बाँके र बर्दियामा फौजी किराको प्रकोप देखिने गरेको छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने