ad

प्रियंका चोपडाले पढाइन् नारीवादको पाठ, ऋतिक रोशनलाई होला राहत?

नेपाल लाइभ

Nepal Live

नयाँ दिल्ली (एजेन्सी) - पछिल्लो समय बलिउड कलाकार ऋतिक रोशन र कंगना रनोटबीचको अफेयरसम्बन्धी विवाद सार्वजनिक भएपछि बलिउड यतिबेला पक्ष र विपक्षमा बाँडिएको छ।

ऋतिकदेखि अन्य कलाकारले यो प्रकरणलाई पुरुष र महिलाबीचको लडाइँ नबनाउन अपिल गरिरहेका छन् । यसै विवादका बीच अभिनेत्री प्रियंका चोपडाले आफ्नो विचार सार्वजनिक गरेकी छिन्।

उनले आफूलाई नारीवादी भन्दै यो शब्दको अर्थ पुरुषलाई धम्क्याउनु वा घृणा गर्नु भनेर बुझ्न नहुने बताएकी छन् । प्रियंकाले भेराइटी डटकमसँग भनेकी छन्,  'नारीवादको मतलब तपाईं पुरुषलाई धम्क्याउनुस्, उनीहरुलाई घृणा गर्नुस् या आफूलाई उपल्लो तहको ठान्नु भन्ने होइन।' प्रियंका ‘कृष’ फिल्मको सिक्वलमा ऋतिकको को-स्टार रहिसकेकी छन्। 

ऋतिक र कंगनाबीच विवाद चर्किरहँदा प्रियंकाको उक्त भनाइलाई अर्थपूर्ण मान्न सकिन्छ । हालै फरहान अख्तर र यामी गौतमले ऋतिकको खुलेआम साथ दिएका थिए । यसै मेसोमा प्रियंकाले पनि केही संकेत गरेकी छिन्।

प्रियंका चोपडा पछिल्ला दिनमा विदेशमा छिन् । केही दिनअघि उनले इटालीमा गरेको घुमघामको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । प्रियंकाले भारतमा क्षेत्रीय फिल्म निर्माणको काम अघि बढाइरहँदा हलिउडमा उनी ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’ जस्ता फिल्महरुमा पनि व्यस्त छिन्।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

Nepal Live

काठमाडौँ- काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने

एक साता धकेलियो 'ऐश्वर्य' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले

'रानी'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर

'गोल्डेन ब्वाई' नाटकमा नम्रता

Nepal Live

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन्

सलमानका पिता भन्छन् - यस कारण चलेन सलमान र शाहरूखको फिल्म

Nepal Live

बलिउड वक्सअफिसका शक्ति केन्द्र मानिएका अभिनेताद्वय सलमान खान तथा शारूखानका

पढ्नै पर्ने